२०७७ कार्तिक ४, मंगलवार

बर्षाका कारण कर्णाली राजमार्गमा यात्रु अलपत्र

सुर्खेत ।  एक सातादेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग हिलाम्मे हुँँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत जुम्ला सडकखण्डको ठाउँ–ठाउँको बाटो बिग्रिएर हिलाम्मे भएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

कर्णाली प्रेदशका कालिकोट, जुम्ला, मुगुका लागि सुर्खेतबाट आउने साना तथा ठूला सवारीसाधन पनि बीचमै रोकिनुपरेको सवारीचालकले बताएका छन् । सडक हिलाम्मे भएपछि कर्णालीको कालिकोट, मुगु र जुम्लाका लागि आउने सयौं गाडीले बिहानै सुर्खेतबाट छुटे पनि बेलुका कालिकोट पुग्नै मुस्किल हुने गरेको गाडीचालक नवीन मगरले बताउनु भयो ।

यसैविच क्षेत्रीय हावापानी कार्यालयले रातभरी बर्षा हुने भन्दै सबैलाई सचेतता अपनाउन जानकारी गराएको छ । कार्यालयले रातभरी भारी बर्षा हुनसक्ने भन्दै सबै सचेत ह’न आग्रह गरेको छ । त्या संगै खोला र नदि नजीक नबस्न र सचेतता अपनाउन पनि जानकारी गराएको छ ।