२०७७ कार्तिक ५, बुधबार

घटना कम गर्न योजना बनाउ

देशैभर बलात्कारका घटना बढेको पछील्लो प्रतीबेदनले जनाएको छ । विभिन्न छापा माध्यामदेखी मीडीयाहरुमा आएका पछिल्ला खबरहरुले पनि देशभर बलात्कारका घटना बढिरहेको देआउछ । समग्र रुपमा यो अप्रीय खबर हो । देशको समग्र स’चांक उकालो लागिरहेका बेला यस्ता घटना घट्न’ चिन्ताजनक हो । देशैभर जस्तै यस प्रदेशमा पनि यस्ता घटना हरु बढीरहेका छन् ।

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ र ७५ मा ६१ जना बलात्कारका घटना घटेका छन । प्रदेशमै सबभन्दा बढी बलात्कारका घटना सुर्खेतमा भएका छन । सुर्खेतमा यो वर्षमा २३ जना बलात्कृत भएका छन भने कालिकोटमा २, जाजरकोटमा ४, जुम्लामा २, दैलेखमा ८, मुगुमा २, रुकुम (पश्चिम) मा ९ र सल्यानमा ११ द्धटना घटेको प्रहरीको तथ्याङमा उल्लेख गरिएको छ ।

यो आर्थिक वर्ष जबर्जस्ती करणीमा ६१ वटा उजुरी परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती घटनामा संलग्न सबै पक्राउ परेको प्रहरीले जनाएको छ । यस अघि ०७३ र ७४ मा ९ जिल्लामा जबर्जस्ती करणीका ६८ मुद्दा परेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ । बलात्कार लगायतका आपराधिक घटना न्यूनीकरण गर्न सचेतनामूलक निरन्तरता दिनुपर्ने देखीन्छ ।

यस्ता घटना न्य’निकरण गर्न स्थानीय सरकारले बलात्कार लगायत सामाजिक अपराधका घटना कम गर्न योजना ल्याउनुपर्ने देखीन्छ । खासगरी प्रदेश सरकार र स्थानिय सरकारले पनि यस्ता योजना सार्वजनिक गर्ने हो भने आगामी दिनमा बलात्कारका घटना निश्चीत रुपमा घट्नेछन् । तर यस्ता योजना छिट्टै बनाउनेकी ।