२०७७ कार्तिक ९, आईतवार

सुर्खेतमा खुल्यो हिल्सा यातायात प्रालि

सुर्खेत, भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ यातायात प्रालि सञ्चालनमा आएको छ । हिल्सा पब्लिक यातायात नामबाट सञ्चालन गरिएको प्रालिको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । २ करोड शेयर पुँजीबाट सञ्चालनमा ल्याइएकोे हिल्सा पब्लिक प्रालिमा ४६ वटा गाडी इन्ट्री भइसकेको प्रालिका सचिव जीवनकुमार शर्माले जानकारी दिए ।

प्रालिका गाडी सुर्खेतदेखि काठमाडौं, दैलेख, नेपालगञ्ज, धनगढी, दाङलगायत कर्णालीका अधिकांश जिल्लामा सञ्चालनमा ल्याइइएको छ । अहिलेलाई संघीय राजधानी काठमाडौंका लागि प्रालिले ९ वटा नाइट गाडी सञ्चालनमा ल्याउने तयारी गरेको छ । यही भदौ महिनाभित्र १ सय गाडी समितमा दर्ता हुने सचिव शर्माले जानकारी दिए । ‘हामीले देशका जुनसुकै ठाउँका यातायात ब्यवसायी साथीहरुलाई प्रालिमा आवद्ध हुन पाउने ब्यवस्था गरेका छौं,’ सचिव शर्माले भने, ‘राज्यको नीतिभित्र रहेर प्रालिले यात्रुको सेवा सुविधामा विशेष ध्यान दिइनेछ ।’

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यंक्रममा प्रहरी निरीक्षक शंकर श्रेष्ठ, देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनी, युवा समाजसेवी ऋषि गिरी, प्रहरी सुर्खेतस्थित अन्य यातायात समिति÷प्रालि तथा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले प्रालिको सफलताको शुभकामना दिएका थिए ।

यसैविच नबगठित प्रालिको अध्यक्षमा नयाँनन्द आचार्य बरिष्ठ उपाध्यक्ष– महेन्द्र चपाई,उपाध्यक्ष– प्रकाशचन्द्र थापा,सचिव– जीवनकुमार शर्मा कोषाध्यक्ष –दावा गुरुङ,सहसचिव–चन्द्रलाल चपाई,सहकोषाध्यक्ष–यामलाल ढकाल र सदस्यहरुमा लोकबहादुर शाही,रामविक्रम जिसी खेमराज ढकाल,खेमराज पाण्डे , महानन्द न्यौपाने रहेका छन् ।