२०७७ मंसिर १५, सोमबार

अबको स्ववियु नेतृत्व

cropped-logosस्ववियु निर्बाचनले तात्तिएको मध्यपश्चिम विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने र समग्र राष्टको माग पुरा गर्ने कुरामा विश्वास गर्न सकिन्छ । विशेषत अहिले देखिएका विभिन्न विद्यार्थी संगठनहरुको प्रतिस्प्रधाले शैक्षीक वातावरण गुणस्तरीय बनाउनका लागि अगामि स्ववियु निर्बाचनबाट चयन हुने नेतृत्वले विशेष भुमिका खेल्ने देखिन्छ । त्यसका लागि विद्यार्थीहरुले दक्ष प्रभावकारी र विद्यार्थीहरुका हकहितमा बोल्न सक्ने नेतृत्वको छनौट चाहि गर्नै पर्छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकैसंगै अखिल –क्रान्तिकारी) ले बुधबार औपचारिक रुपमा चुनावी घोषणा सभा गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो पटक हुन लागेको स्ववियु निर्वाचनको प्रचारप्रसारका क्रममा अखिल (क्रान्तिकारी) ले गरेको बुधबार चुनावी घोषणा सभा तथा साँस्कृतिक कार्यक्रममा आफुहरुको उपस्थितिले मात्रै विश्वविद्यालयमा विद्यार्थी अनुकुल नेतृत्व स्थापित हुने कुरा राखे ।

केहि दिन अगाडि अनेरास्ववियुकी अध्यक्ष नविना लामाले पनि सोहि प्रागंनमा आएर त्यसरी आफ्नो स)गठनलाई भोट दिन आग्रह गरिन । अहिलेसम्म नेविसंघले भने त्यस्तो प्रकारको कार्यक्रम गरेको छैन । आफ्नो केन्द्रिय अधिवेसनमा अल्झीएको नेविसंघले अब कार्यक्रम गर्ने तयारी गरिररहेको छ । उता नयाशक्तिले पनि केहि दिन अगाडि कार्यक्रम गर्यो ।

जस्ले जे कार्यक्रम गरेपनि जस्तो कार्यक्रम गर्नेभएपनि विद्यार्थीहरुको विवेक प्रयोग गरेर आफ्नो नेतृत्व छनौट गरुन । जस्ले आगामि विश्वविद्यालयको शैक्षीक यात्राका लागि महत्वपुर्ण नेतृत्व सावित होस ।