२०७७ मंसिर १६, मंगलवार

छठौ प्रदेशका लागि बलिदान दिनेहरु शहिद बने


surkhet andolanसुर्खेत, भदौ ३ ।

प््रदेश नं. ६ का लागि सुर्खेतबाट सुरु भएको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले सहिद घोषणा गरेको छ ।

तत्कालिन प्रमुख राजनीतिक दलहरुको सहमतिमा गरिएको प्रदेश सिमाङकनको असहमतिमा सुर्खेतबाट सुरु भएको आन्दोलनका क्रममा सुर्खेतका तीन जना एकदिन र जुम्लाका एक जनाको मृत्यु भएको थियो ।

छुट्टै प्रदेशको माग गदै गत बर्षको साउनदेखि सुरु भएको आन्दोलनमा मृत्यु भएका सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम र गोपालसिंह रजवारका साथै जुम्लाका हरिबहादुर कुवरलाई शहीद घोषणा गरिएको छ । विहीवार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई सहिद घोषणा गरेको हो ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले मधेस, थारु तथा सीमाकंनको आन्दोलनमा परी मृत्यु भएका ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय अनुसार विसी, गौतम र रजवार पनि शहीद घोषणा गरेको हो । वि.स. २०७२ साउन २५ गते छुट्टै प्रदेशको माग राखी सुर्खेतमा भएको आन्दोलनमा प्रहरीको गोली लागी उनीहरुको मृत्यु भएको थियो ।

शहीद घोषणा गरिएका ५२ जनामा ११ जना सुरक्षाकर्मी पनि छन । टीकापुर झडपमा मारिएका १० सुरक्षाकर्मी र महोत्तरीमा मारिएका एकजनालाई सहिद घोषणा गरिएको हो । यो घोषणासंगै मृतकका परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन ।

सुर्खेतका विसी, गौतम र रजवारका परिवारहरुले सरकारले सुर्खेतको आन्दोलनमा मृत्यु भएका आफ्ना सदस्यहरुलाई शहिद घोषणा नगरेकोमा आक्रोश पोखेका थिए । सहिद परिवारहरुले आन्दोलन कै क्रममा सरकारसंग मृतकलाई सहिद घोषणा गर्नुपर्ने, उनीहरुको नामबाट प्रदेशको नामाकरण गर्नुपर्ने त्यति नभए पनि कुनै पार्क रर चोकहरुको नाम राख्नुपर्ने माग राखेका थिए ।

एक वषृको अवसरमा गत साउन २५ गते भएको स्मृति कार्यक्रममा समेत सहिद परिवारहरुले एक वर्षसम्म पनि सरकारले आफ्नो माग पुरा नगरेको भन्दै आक्रोश पोखेका थिए ।

स्थानीय राजनीतिक दलहरुले पनि आफूहरुले मृतकलाई सहिद घोषणा गर्नका लागि पहल गरेको भएपनि असफल भएको स्वीकार गरेका थिए । सुर्खेतका तीन जना र जुम्लाका एक जनाको बलिदानीले नै छैटौ प्रदेश स्थापना भएको भन्दै सबैले उनीहरुलाई सहिद घोषण गर्न दवाद दिइरहेका थिए । सहिद परिवारहरुले छैटौ प्रदेशको राजधानी सुर्खेतमा हुनुपर्ने माग समेत गरेका छन् ।