२०७७ कार्तिक ११, मंगलवार

नापि मालपोत स्मार्ट

अहिले जताततै स्मार्ट को चर्चा खुब धेरै छ । सुचना प्रविधीको युगले पनि सबै कुरामा स्मार्ट कार्डमा खोज्नुपर्ने भएको छ । विभिन्न क्षेत्रमा भएको विकाशले अब स्मार्टले पारदर्शी र एकदम द्रुतर गतिमा विकाश हुने भएको छ । सिंगो संसार प्रविधिको विकाशले धेरै अगाडि छ । अहिले पनि हामिले कागजमा काम गरेर अगाडि बढ्न सक्तैनौ । त्यसकारण सबै काम प्रभावकारी र छिटो बनाउन स्मार्ट हुनुपर्छ ।

सरकारी काम काज अझ प्रभावकारी हुन जरुरी छ । त्यसका लागि स्मार्ट झन जरुरी छ । यस्को सुरुवात कर्णाली प्रदेश सरकारले पनि गर्दै छ । कर्णाली प्रदेशका स्थानिय तहमा मालपोत र नापी कार्यालय स्थापना गरिने भएको छ । कर्णालीमा प्रदेश सरकारले प्रस्ताव गरेको जग्गा प्रशासन विधेयकमा कर्णालीका स्थानिय तहमा मालपोत र नापी कार्यालय स्थापना गर्ने प्रस्ताव गरिएको हो ।

संविधानले स्थानिय तहमा भुमी सम्बन्धी दिएको अधिकारलाई सस्थागत तथा कार्यान्वयनका लागी मालपोत र नापीका कार्यालय स्थापना गर्न लागीएको कर्णाली प्रदेश सरकारका प्रबक्ता एंवम भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको भनाई छ ।

कर्णालीका स्थानिय तहमा स्थापना गरिने मालपोत र नापीका कार्यालयहरु पुर्णरुपमा डिजिटल प्रविधिवाट संचालन हुनेछन् । मन्त्रालयले तयार गरेको जग्गा प्रशासन विधेयकमा मन्त्रालयको मातहतमा रहने गरि प्रदेश स्तरमा जग्गा प्रशासन तथा ब्यवस्थापन कार्यालय र नापी कार्यालय पनि राख्ने भएपछि यि सबै स्मार्ट हुनेछन् ।

कागजमा लेखेर घण्टौ लाग्ने काम पनि अब मिनेटमै सकिने छ । डिजीटल प्रविधीको प्रयोगले मुख्य त छरीतो र पारदर्शी काम गराउने छ ।