२०७७ कार्तिक १३, बिहीबार

नागरिक सुरक्षाको जिम्मेवारी हामी लिन्छौ ढुक्क हुनुस : भण्डारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने तयारी गरेको छ । प्रदेश सरकारका काम कार्वाही संचालन गर्नका लागि जनशक्तीको अभाव भएकाले कर्णाली सरकारले प्रदेश प्रहरी गठन गर्ने भएको हो । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले मन्त्रालयमा आज गरिएको पत्रकारसंगको भेटघाटमा यस्तो जानकारी दिएका हुन् ।

अब प्रदेश प्रहरी बनाउने तर्पm पनि हामी अघि बढेको भन्दै मन्त्री भण्डारीले अमानविय र विकराल समस्याको रुपमा रहेको यहाँको छाउपडी, लागु औषध नियन्त्रण र जनताको सुरक्षाका लागि योजना बनाएको बताए । अब प्रदेशको सवै सुरक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने गरी काम भईरहेको वनको भनाई छ । कर्णाली सरकारले प्रहरीसँग सम्बन्धित विभिन्न भौतिक पुर्वाधारहरु पनि निर्माण गर्ने तयारी गरिरहेको मन्त्री भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार सरकारले प्रदेश प्रहरी, अनुसन्धान ब्युरो, तालिम केन्द्र, सिमानासँग जोडिएका चौकीहरु तथा विभिन्न जिल्लाका कारागारहरु लगायतका पुर्वाधार निर्माण गर्ने सरकारको तयारी रहेको छ । मन्त्री भण्डारीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न विकास लागि शान्तिसुरक्षा कार्यक्रम अघि बढाएको समेत बताए ।

कर्णाली सरकारले सुरक्षित र न्यायिक प्रदेश निर्माणका लागि अनुसन्धानमुलक अभियान संचालन गर्ने उनको भनाई छ । ‘कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अभियान मार्पmत कर्णालीलाई सुरक्षित प्रदेश बनाउने तयारीमा छ ।’ भण्डारीले भने ।

भण्डारीका अनुसार समाजमा विद्यमान अपराधका स्रोत पत्ता लगाई सुरक्षित प्रदेश बनाउनका लागि मन्त्रालयले प्रदेशमा ‘विकास र समृद्धिका लागि शान्ती सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’ भन्ने नाराका साथ अभियान चलाउने भएको छ । प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन दश विषयमा विशेष अनुसन्धान गर्न विज्ञ सहितको टोली परिचालन गर्न लागिएको भण्डारीको भनाई छ ।

उनका अनुसार, लागु औषधको लतमा लागेका युवालाई सुधार गृह मार्पmत सुधार गर्ने, प्रदेशका सूचना सम्प्रेषण गर्नका लागि कर्णाली सरकारको छुट्टै मिडिया सञ्चालन गर्ने, आम संचार प्रतिष्ठान, सूचना विभाग लगायतका संयन्त्रहरु स्थापना गर्ने र प्रदेशका सवै सुरक्षा इकाईहरुमा सुरक्षा अभियान लागु गर्ने सरकारको तयारी छ । मन्त्री भण्डारीले प्रदेशभरका २ सय २० वटै सुरक्षा ईकाईहरुमा एकैसाथ शान्ती सुरक्षाको अभियानको उद्घाटन गरिने बताए ।

अभियानलाई सफल बनाउनका लागि गाउँ गाउँमा सुरक्षा अभियान सहयोग समितिहरु पनि निर्माण गरिने मन्त्रालयको योजना छ । सुरक्षालाई प्रविधिसँग जोड्ने सरकारले तयारी गरेको छ । अब कानून मन्त्रालयले पेपरलेस प्रविधि अपनाउनका लागि गृहकार्य थालेको मन्त्री भण्डारीले बताउनुभयो । प्रदेशका सवै निर्वाचन क्षेत्रमा १ वटाको दरले डिजिटल विद्यालय घोषणा गर्ने तयारी प्रदेश सरकारको छ ।

कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस अघि नै प्रदेशलाई डिजिटल प्रदेश बनाउने, सबै भन्दा अनुशासित र सुरक्षित प्रदेश बनाउने योजना सार्वजनिक गरिसकेको थियो । यसैबिच, सुर्खेतमा नेपाल प्रहरीले आफ्ना युनिटहरूलाई प्रादेशिक संरचनामा रूपान्तरण गर्न प्रक्रिया थालेको छ ।

प्रदेश राजधानी सुर्खेत कायम भएसँगै प्रहरीले यहाँ आफ्ना आधा दर्जन संरचना निर्माण गर्न लागेको हो । क्षेत्रीय अवधारणा अनुसार नेपालगन्जमा रहेका कार्यालयहरू सुर्खेतमा सार्न थालिएको छ । प्रदेश प्रहरी कार्यालय र गण यसअघि नै वीरेन्द्रनगरमा स्थापना भइसकेका छन ।
पूर्वी सुर्खेतको छिन्चुमा कर्णाली ट्राफिक प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालय स्थापना गरिनेछ । ट्राफिक कार्यालय कोहलपुरबाट र तालिम केन्द्र नेपालगन्जबाट स्थानान्तरण हुनेछन । विद्यालय नयाँ स्थापना हुन लागेको हो । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मोहन आचार्यले आवश्यक संरचनाका लागि जग्गा खोजी गर्ने काम भइरहेको बताए ।